आजदेखि कमलादीमा रास्वपाको राष्ट्रिय भेला, प्रथम अधिवेशनको मिति तोक्ने

काठमाडौं । आजदेखि काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुने भेला भोलिसम्म चल्ने भएको हो ।

रास्वपाका अनुसार भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब-लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।

भेलाबाट राष्ट्रिय अभियान घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभागर आयोगहरूबाट प्रतिनिधित्व रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *