रविले घण्टी बजाएर गरे रास्वपाको राष्ट्रिय भेला उद्घाटन

काठमाडौं । संघीय राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका हुन् ।

भोलिसम्म चल्ने भेला पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ । सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन पेस हुने तय भएको छ ।

भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी भएका छन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/ विभाग र आयोगहरूबाट प्रतिनिधित्व छ । भेलाबाट राष्ट्रिय अभियान घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *