रास्वपाको राष्ट्रिय भेला

हामीलाई हार्ने छुट छैन, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गर्छाैं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीमाथिको आक्रमणलाई सामना गर्न तयार रहन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंको कमलादीमा पहिलो राष्ट्रिय भेलाको उद्घाटन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

सभापति लामिछानेले आफूहरू राम्रो/नराम्रो समस्याको चाङमा रहेको भन्दै रास्वपाको आगमननै अरूको लागि समस्या बनेको तर्क गरे । ‘हाम्रो आक्रमण ठूलो हुन्छ, त्यही भएर हामीप्रतिको आक्रमणपनि ठूलो हुन्छ नै,ड उनले भने, ‘तपाईँहरू तयार रहनुहोस्, यो लडाइँ हार्ने छुट छैन ।’

उनले रास्वपा सकियो भन्नेहरूलाई शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट जित्न सक्नुपर्ने बताए । मानिसहरूले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा गाली खान डराउन नहुने उनको तर्क छ ।

सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगी नगरेको जिकिर गरेका छन् । उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि हस्तक्षेप गर्न राजनीतिमा आएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *