जिप दुर्घटनामा ज्यान गुमाएकी उपाध्यक्ष भुपेन्द्राको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । जिप दुर्घटनामा ज्यान गुमाएकी रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उपाध्यक्ष भुपेन्द्रालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे । उनले उपाध्यक्ष भुपेन्द्रालाई पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरे ।

उपाध्यक्ष भुपेन्द्रासंगै उनकी आमाको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

भदौ २८ गते बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष बुढाको निधन भएको थियो ।

उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको पनि निधन भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *