प्रेस विज्ञप्ति

गरिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको मिति २०८१ भाद्र ३१ गते सम्पन्न सञ्चालक समितिको बैठक नंं. ३१२ को निर्णयानुसार बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत अनिल रेग्मी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिले गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत चार्टड एकाउन्टेन्ट अनिल रेग्मीलाई २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी मिति २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरेको अनुभव रहेको बैंकले जानकारी दिएको छ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेसामा आबद्ध रहेका अनिल रेग्मीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको लेखापरीक्षण कार्य गरेको अनुभव समेत रहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *