राजेन्द्र महतोले गठन गरे नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

मंगलवार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।

कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए ।

उनले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताए । राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिव ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *