बालेन शाहका समर्थक इन्द्रजात्राबाट लखेटिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकमाथि प्रहरी ज्यादती गरेको छ ।

बालेनको फोटोसहितको टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका युवायुवतीलाई प्रहरीले हटाएको हो । प्रहरीले बालेनका समर्थकलाई पक्राउ गरि प्रहरी वृत्त जनसेवामा लगेको छ ।

बालेनका समर्थक र स्थानीयबिच विवाद भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा बालेनका समर्थकले धाँधली गर्न सक्ने आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इन्द्रजात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *