प्रेस विज्ञप्ति

मुक्तिनाथ फाउन्डेसनद्वारा वृहत् रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा बृहत् रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्य भित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा कार्य गर्ने गरेको जनाएको छ ।

सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निःशुल्क दन्त परीक्षण सेवा लिएका छन् ।

रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो ।

सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले रु. १०,०००, संचालक सिताराम काफ्लेले रु. १०,०००, तथा संचालक राम प्रसाद पोख्रेलले रु. १५,०००, संस्थालाई आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *