बालेनका समर्थकलाई रिहा गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकलाई रिहा गर्ने तयारी गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग आवश्यक छलफल गरेर उनीहरूलाई रिहा गर्ने तयारी भएको हो ।

पक्राउ परेका १४ जनालाई नै जिम्मा जामानीमा रिहा गर्ने तयारी भएको एक प्रहरीले बताए ।

बालेनको फोटोसहितको टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका समर्थकलाई प्रहरीले पक्राउ गरेको थियो ।

बालेनका समर्थक र स्थानीयबिच विवाद भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *