च्याम्पियन्स लिग : बायर्नले हान्यो ९ गोल, लिभरपुलले एसी मिलानलाई हरायो

काठमाडौं । बायर्न म्युनिक आधुनिक युरोपेली च्याम्पियन्स लिगको एकै खेलमा ९ गोल गर्ने पहिलो टिम बनेको छ । भिन्सेन्ट कोम्पनीको बायर्नले क्रोएसियाली च्याम्पियन डायनामो जागरेबलाई एलिनाज एरिनामा ९-२ ले हराएको हो ।

त्यसमा ह्यारी केन एक्लैले चार गोल गरे र यसमध्ये तीन गोल पेनाल्टीबाट थियो । यस्तै माइकल ओलिसेले दुई गोल गरे । बायर्न च्याम्पियन्स लिगको एउटै खेलमा आठ गोल गर्ने पछिल्लो टिम पनि थियो । उसले सन् २०२० मा बार्सिलोनालाई ८-२ ले पराजित गरेको थियो ।

अर्को खेलमा लिभरपुलले पुनरागमन रच्दै एसी मिलानलाई सानसिरोमा ३-१ ले हरायो । लिभरपुलको जितमा इब्राहिम कोन्टे, भर्गिल भान डाइक र डोमिनिक स्जोबोस्जलाईले एक एक गोल गरेका थिए । त्यस्तै मिलानका लागि एक गोल क्रिस्टियन पुलिसिकले एक गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *