सहकारी रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनअनुसार कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी संस्थाहरुमा भएको बचत रकमको दुरुपयोगको विषयमा सरकारले छानबिनलाई तीव्रता दिने बताएका छन् ।

बुधबार गणेशमान सिंहको २७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदीय छानबिन विशेष समितिले यसबारे संसदमा प्रतिवेदन पेश गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सो प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइसकेकाले अब सरकारको कदम सोही प्रतिवेदनको आधारमा अघि बढ्ने स्पष्ट पारे ।

सिंहले समितिको प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै, उनले गणेशमान सिंहको योगदानको सम्झना गर्दै नेपालको प्रजातन्त्र स्थापनामा उनले खेलेको महत्त्वपूर्ण भूमिका स्मरण गरे । कार्यक्रममा गणेशमान सिंहको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै, उनले सिंहलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अग्रज योद्धाको रूपमा सम्मानित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *