रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई

काठमाडौं । ‘मिस्टर काठमाडौं’को उपाधि विजेता प्रकाश राईको मृत्यु भएको छ ।

केही दिनअघि मात्रै उपाधि जितेका प्रकाशको हृदय घातका कारण मृत्यु भएको बताइएको छ ।

पाँचौँ ’मिस्टर काठमाडौं’ शारीरिक सुगठन प्रतियोगिताका विजेता ४५ वर्षीय राईलाई असहज भएपछि बुधवार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । राईले केही दिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

मोरङको बेलबारीका राई टिम म्यानेजरसहित होटेलमा बस्दै आएका थिए ।

आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *