रवि लक्षित गगनको टिप्पणी–सहकारीमा नबसेर पैसा लिने पनि ठगै हुन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमा नबसेर पैसा लिने पनि ठग नै भएको बताएका छन् । बुधवार नेपाली कांग्रेसको सय दिने विशेष अभियानको केन्द्रिय प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै महामन्त्री थापाले भने,‘बाहिर बसेर सहकारीको पैसा लिने पनि ठग नै हुन् ।’

‘सहकारी कानूनको दफा १२२ ले के भन्छ भने सहकारी ठग्ने मान्छेहरु दुई खालका हुन्छन् । एउटा आफै सहकारीमा बसेर सहकारीलाई ठग्छ । एउटा आफु सहकारीमा बस्दैनन्,बाहिर बस्छन्,तर विभिन्न माध्यमबाट सहकारीलाई ठग्छ । त्यसैले सहकारीमा बसेर ठग्नेहरु पनि ठगै हुन् । तर,आफु सहकारीमा बस्दैनन् बाहिर बस्छन्,कम्पनीमा बस्छन्,घरमा बस्छन्,तर,त्यो सहकारीबाट लान नपाउने पैसा लिएर जान्छन्, ती पनि ठगै हुन्,’महामन्त्री थापाले भने ।

सहकारीमा बसेर पैसा दिने मात्रै नभई सहकारीबाट पैसा लिने पनि ठग भएको महामन्त्री थापाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *