चलचित्र ‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेकअप’ सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ ।

आगामी असोज २४ गतेबाट दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा रहेको गीत ‘ब्रेकप’ सार्वजनिक भएको हो ।

गीतमा फिल्मका प्रमुख अभिनेता दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), अभिनेत्री दीपाश्री निरौला र वर्षा शिवाकोटी, फिचर्ड रहेका छन् । भिकारीको रूप अर्का कलाकार सुरवीर पण्डित ‘दाह्री बा’ पनि देखिएका छन् । गीतमा बावुल गिरिको स्वर लय रहेको छ । त्यस्तै दीपाश्री निरौलाको स्वयंको स्वर पनि रहेको छ ।

गीतको भावले प्रेममा धोका पाउँदाको छटपटी र वास्तविकतालाई समेटेको छ । प्रेमसम्बन्धमा रहँदाको अनुभव र प्रेममा धोका पाएपछि प्रेमीमा पर्ने असर बारे देखाइएको छ ।

उक्त गीतमा दीपाश्रीको बिहे हुन लागेको देखाइएको छ । उनले पहिलो प्रेमीलाई छोडी अर्को विवाह गर्न लागेको भिडियोमा देखिन्छ । विवाह हुँदै गर्दा पहिलो प्रेमिका मृत्युको खबर सुनाइएको छ । प्रेममा धोका पाउनाले मानिसलाई चिता सम्म पुर्‍याउछ भन्ने भिडियो मार्फत देख्न सकिन्छ । अन्तिममा दुई जोडी प्रेमीहरू विवाहमा भेट भएको देखाइएको छ ।

गीतमार्फत पहिलो प्रेमीलाई धोका दिएपछि प्रेमीले सपिङ गर्दिएको पैसा फिर्ता मागेका छन् । गीतमा पैसा फिर्ता माग्दै ‘सम्पत्तिको स नभएको भिखारीले पाओस् मलाई जुत्तिहान्ने खुट्टी तेरा मर्किएरै जाओस्, मलाई पिठ्यूँ देखाइहिँड्ने तेरा ढाडै सर्की जाओस्, तेरा कहिँनभाको रूपको खेती धमिराले खाओस्, मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्की जाओस् । भन्ने पहिलो लाइनमा रहेको छ ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन, दीपकराज स्वयंको पटकथा लेखन, दीपक, केदार घिमिरे र दिलीप तामाङको कथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व तथा विपिन मल्लको सम्पादन रहेका छ ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *