रास्वपाको पहिलो महाधिवेशनको मिति घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख २५, २६ र २७ गते आफ्नो पहिलो महाधिवेशन गर्ने भएको छ ।

सभापति रवि लामिछानेले जारी राष्ट्रिय भेलामा उक्त घोषणा गराएका हुन् । उनले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको उनले बताए । उनले नयाँ अभियान ‘महाकाली–मेची जनयात्रा अभियान’ को पनि घोषणा गरेका छन् ।

जनताको कुरा सुन्न यस सुरु गर्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *