छोरीलाई दुर्गा प्रसाईँको फोन– मलाई मार्न सक्छन्, तिमी नरुनु है !

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले आफू विरुद्ध पक्राउ पुर्जी जारी भएपछि छोरीलाई फोन गरेर सान्तवना दिएका छन् ।

काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि विदेशमा रहेकी छोरीलाई फोन गर्दै प्रसाईँले नागरिकको मुक्तिका लागि लड्दा सरकारले अन्याय गरेको बताए ।

प्रसाईँले छोरीलाई भनेका छन्– ‘नागरिकको मुक्तिका लागि लडेको हो । हिजो पनि तिमिले मलाई गाइड लाइन दिएकै हो बाबा लड्नु भनेर । जुन दिन तिम्री चेलीहरू झुन्डिएर मरे,जुन दिन प्रेम आचार्यले शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्नुपर्‍यो । तिमिजस्तो मान्छेलाई मैले यो देशमा पढाउन पाइनँ । र,आज हजारौँ दिनको दशौँ हजार युवाहरूले देश छोडिरहेका छन्,गाउँ खाली भइसक्यो । यसैको विरुद्धमा मैले बोलेको हुँ ।’

छोरीसँगको कुराकानीमा प्रसाईँले आफूलाई मार्न सक्ने बताएका छन् । छोरीलाई सान्तवना दिँदै उनले पिर र चिन्ता नलिन भनेका छन् । उनले छोराछोरीका लागि आवश्यक सम्पत्ति कमाएको बताउँदै आफू जेलमा भए पनि तनाव नलिन आग्रह गरेका छन् ।

सार्वजनिक भएको भिडिओमा प्रसाईँले भनेका छन्– ‘मैले जीवनमा तिमिहरूलाई जति सक्ने मैले गरे । अब मलाई पक्राउ गरेर लादै छन् । तर,एउटा कुरा के बुझ्नु भने मलाई यिनीहरूले मार्न पनि सक्छन्,सिद्ध्याउन पनि सक्छन् । तिमिहरूलाई पुग्ने गरेर मैले जोड्दिएको छु । तिमिहरू चिन्ता नगरी बस्नु,मलाई साथ दिनु तिमिहरूको आशीर्वादले मलाई पुग्छ ।’

प्रसाईँले छोरीसँग गरेको कुराकानी जस्ताको तस्तै

नागरिकको मुक्तिका लागि लडेको हो । हिजो पनि तिमिले मलाई गाइड लाइन दिएकै हो बाबा लड्नु भनेर । जुन दिन तिम्री चेलीहरू झुन्डिएर मरे,जुन दिन प्रेम आचार्यले शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्नुप¥यो । तिमिजस्तो मान्छेलाई मैले यो देशमा पढाउन पाइनँ । र,आज हजारौँ दिनको दशौँ हजार युवाहरूले देश छोडिरहेका छन्,गाउँ खाली भइसक्यो । यसैको विरुद्धमा मैले बोलेको हुँ । मैले जीवनमा तिमिहरूलाई जति सक्ने मैले गरे । अब मलाई पक्राउ गरेर लादै छन् । तर,एउटा कुरा के बुझ्नु भने मलाई यिनीहरूले मार्न पनि सक्छन्,सिद्ध्याउन पनि सक्छन् । तिमिहरूलाई पुग्ने गरेर मैले जोड्दिएको छु । र, हिजो पृथ्वी नारायण शाहलाई त्यतिखेर २५ सय रुपैयाँ डेरा आजभन्दा २ सय ६० वर्ष अगाडि मेरा जिजुले लडेका थिए यो देश जोगाउनलाई । आज म यो देश र नागरिक जोगाउन लडेको छु । तिमिहरू चिन्ता नगरी बस्नु,मलाई साथ दिनु तिमिहरूको आशीर्वादले मलाई पुग्छ । र पिर नगर्नु यिनीहरूले मलाई जे पनि गर्न सक्छन् । हिजो उद्योगपति मार्नेहरू छन् आज सरकारमा । नेपाली मार्नेहरू । त्यसले गर्दा खेरी तिमिले पिर नगर्नु अँ म समय भयो भने फेरी भेटुँला छोरी हैन । र नागरिकले राम्रो सँगले चाहिँ,कस्तो खालको सहयोग गर्छन् अब नागरिकको हातमा पनि छ हैन । त्यसले गर्दा खेरी तिमिले पिर नगर्नु छोरी त्यही है कुरा हस् ल नरुनु छोरी फेरी पिर नगर्नु,रुने काम नगर्नु र शत्रुसँग तिमिले अघि भन्यौ नि शत्रुसँग हाँसी हाँसी लड्नुपर्छ । त्यसले गर्दा म नागरिक र देशका लागि हाँसी हाँसी लड्छु । हाँसाहाँसी पर टेकुको खरीको बोटमा झुन्डिन तयार छु । ल हस् ल ल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *