मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ ।बुधबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सोमबार समिति सभापति सुर्य थापाले संसदमा पेश गरेको छानबिन प्रतिवेदनमा सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवि लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *