‘गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । माइतीघरमा विभिन्न पार्टी र समूहले ‘गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर’ भन्दै विरोध प्रदर्शन गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका प्रदर्शनकारीहरूले नदीको मापदण्ड नबढाउन माग गर्दै माइतीघर पुगेका हुन् ।

सर्वोच्च अदालतले बागमती, विष्णुमतीलगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरूको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।

प्रदर्शनकारी केहीबेर सडकमै सुतेका थिए । उनीहरुले ‘नदीको मापदण्ड खारेज गर’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’, ‘संविधान खारेज गर’ भन्ने जस्ता नारा लगाएका छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *