पलेशा र एरिकालाई १५ लाख सहित बागमती सरकारको सम्मान

हेटौँडा । पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई बागमती सरकारले बिहीबार नगदसहित सम्मान गरेको छ ।

हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ ।

यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकालाई ५ लाख सहित सम्मान गरिएको छ । एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी माता रत्ना गुरुङले सम्मान ग्रहण गरिन् ।

उनका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ । यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो ।

कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *