सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सहकारी छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो ।

प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।

११ सय २४ पेज लामो प्रतिवेदनमा समितिले सहकारीबारे सुझाव र कारबाहीका लागि सिफारिस गरेको छ ।

छानबिन समितिको प्रतिवेदनको यो लिंकबाट पढ्न सकिनेछ ।

एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै प्रतिनिधि सभाले जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो ।

समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमूलक जानकारी र अन्तरक्रिया गरेको थियो ।

सहकारी छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा कारबाहीका लागि सिफारिस गरेको छ ।

सहकारी छानबिन समितिले गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीको ६५ करोड रकम अपचलन गरेको निष्कर्ष निकालेको हो ।

समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाहीका लागि सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *