प्रतिवेदन

सहकारीको पैसाबाट रविले १ करोडभन्दा बढी तलब लिएको पुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनबाट एक करोड रुपैयाँभन्दा बढी तलब लिएको पुष्टि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ७४ लाख ३६ हजार ५८७ र त्यसको अघिल्लो आर्थिक वर्षमा ३० लाख रुपैयाँ तलबबापत लिएको पुष्टि भएको हो ।

रवि लामिछानेले लिएको उक्त तलब सहकारीको रकम अपचलन गरेर गोर्खा मिडियामा ल्याइएको थियो ।

शुक्रवार सहकारी छानबिन विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्कमा तलबबापत २ आर्थिक वर्षमा १४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको उल्लेख छ ।

विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा ६५ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर भएको सहकारीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तत्कालीन समयमा ग्यालेक्सी फोरके टेलिभिजनका प्रबन्धक निर्देशक लामिछानेले एक करोडभन्दा धेरै तलब लिए पनि अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्र तलब लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *