निक्षेप बीमाको नयाँ अवधारणा बनाउनु पर्छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा (डिपोजिट इन्स्योरेन्स) को नयाँ अवधारणा बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता निर्माण गर्नुपर्ने बताए । उनले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण रहेको पनि बताए ।

उनले भने ‘नेपालको अर्थतन्त्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण छ । बैंकिङ सिस्टममा । करिब करिब २०/२१ प्रतिशत डिपोजिट भोलममा इस्योरेट भएको छ । हाम्रो एक्सपेक्टेसन सामान्यतया के रहन्छ भने ट्रेडिशनली जे काम गरिरहेको छौँ, ठिक छ, सबैले राम्रो गरिरहेका छौँ । अब नयाँ किसिमबाट डिपोजिट इन्स्योरेन्सको अवधारणा अनुरूप एउटा बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता भोलिको दिनमा डिसिजीएफहरुले राख्नुपर्छ ।’

गभर्नर अधिकारीले डिसिजीएफले समस्या भए कानुनी संशोधनका प्रस्तावहरू अघि बढाएर जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *