‘शाम्बाला’ ले नेपालबाट अस्कर अवार्डमा भाग लिने

काठमाडौँ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ ।

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले दिएको जानकारी अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको छ । समितिका अनुसार चलचित्र ‘शाम्बाला’ ले अस्कर अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ ।

चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो । नेपाली चलचित्र जगतमा यस चलचित्रको विशिष्ट स्थान रहने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *