मुलुकमा बेइमानहरू बढ्दै गए : सभापति पोखरेल

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन् ।

शनिवार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फर्छ्यौट सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन् । उनले सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको बताए । उनले अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको उल्लेख गर्दै प्रमाण, कागज र कानुन स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताए ।

उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताए । उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताए । उनले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर, ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताए । उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताए । उनले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताए ।

उनले भने ‘बेरुजु राख्ने जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्छ । मेरो बुझाई फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो । कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ । ठेक्का लगाउँछ । तर सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ । यो बेइमानी हो । सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको कसरी हुन्छ । देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्छ । यो हिसाबबाट मुलुक नबदल्ने हो भने परम्परागत रूपमा बस्ने हो भने केही पनि गर्न सकिँदैन । अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको छ । प्रमाण छ,कागज छन्,कानुन छ । स्पष्ट छ । टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ । श्रम परीक्षण गर्न बेरुजुको समितिले निर्णय गर्न पर्दैन ।’

नेपाली काँग्रेसका सांसद राजन केसीले पनि सरकारी निकायका प्रमुख र जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीको कारण बेरुजु आउने गरेको बताए । उनले निर्माण व्यवसायीहरूको कारण सरकारी निकायहरूमा बेरुजु नपाउने उल्लेख गरे । उनले सरकारी निकायका प्रमुखले नियम कानुन कर्डाई गर्ने हो भने बेरुजु कम हुने बताए । उनले बेरुजु राख्ने,बेरुजु देखाउने र जनताको करको रक्षा गर्ने काम लेखा समितिको भएको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुको प्रभाव निर्माण व्यवसायीहरूको ठुलो रहेको बताए । उनले बेरुजु सरकारी निकायले सबै काम गरेर व्यवसायीहरूको नाममा बेरुजु बनाएर समस्या भएको बताए । उनले सरकारी निकायहरुबीच समन्वयको अभाव खड्कीएको बताए ।

उनले सबैले अधिकारको सीमाभित्र मात्रै रहेर काम गरेको तर दायित्व निर्वाह गरेको नदेखिएको बताए । उनले बेरुजु बेरुजु नै भए हरेक वर्ष किन दोहोरिरहन्छ ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *