चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौँ । बागलुङ, निसिखोला गाउँपालिका–३ किटनी बस्ने २४ वर्षीया रजना बुढाको चट्याङ लागेर शुक्रबार राती मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा उनको मृत्यु भएको हो ।

त्यस्तै रूकुम पूर्व, पुथाउत्तरगंगा गाउँपालिका–१ पुसर बस्ने १८ वर्षीय पदमराज पुनको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ । सोही गाउँपालिका–४ काँडास्थित ससुराली घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *