छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

काठमाडौँ । कास्की, पोखरा महानगरपालिका–२३ स्थित हर्पन खोलामा सोही महानगरपालिका माझथुम बस्ने ८३ वर्षीया पदमकला पाण्डे उपाध्याय शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोक बस्ने ६० वर्षीय चन्द्रमान तामाङ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, सोताङ गाउँपालिका–५ मिलन चोक बस्ने ८४ वर्षीया चन्द्रमाया राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापा, शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित कन्काई खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *