कुरा होइन काम गरेर जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्रह गरेका छन् ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा शनिवार एमाले सम्पर्क समन्वय कमिटीले विजयादशमी, तिहार र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काम गरेर मात्र जनताको विश्वास जित्न सकिने बताए ।

उनले सेवा गरेमात्र जनताले पत्याउने बताउनुभयो । देश र समाज बदल्न भाषण गरेर मात्र नहुने बताउँदै उहाँले व्यवहारिक कुरा गर्नुपर्ने बताए ।

उपाध्यक्ष ज्ञवालीले पार्टीका नेता तथा कार्यकताले इमान्दार र नैतिक आचारण हुनुपर्नेमा जोड दिए । “हामीभित्र पनि खराव बानी व्यवहार रहेका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्दछ । आफूलाई बदल्न सकेमात्र देश र जनतालाई बदल्न सकिन्छ,”उपाध्यक्ष ज्ञवालीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *