इरानद्वारा सैन्य परेडमा स्वदेशी मिसाइल र ड्रोन अनावरण

काठमाडौं । इरानले आफ्नो देशको सशस्त्र बलद्वारा आयोजित परेडमा लामो दूरीको ब्यालिस्टिक मिसाइल र ड्रोनको अनावरण गरेको छ । दक्षिणी तेहरानमा इस्लामिक गणतन्त्रका दिवंगत संस्थापक इमाम खोमेनीको समाधिस्थलमा परेडको क्रममा पहिलो पटक जहाद नामको ब्यालेस्टिक मिसाइल र शाहेद–१३६बी नामक ड्रोन प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रमले सन् १९८० को दशकमा भएको आठ वर्षको इरान–इराक युद्धको सम्झनामा पवित्र रक्षा सप्ताहको शुरुवात भएको उल्लेख गरिएको छ । ठोस इन्धनद्वारा सञ्चालित एक चरणको जहाद ब्यालिस्टिक मिसाइलले एक हजार किलोमिटर टाढासम्मको लक्ष्यलाई सटीकताका साथ प्रहार गर्नसक्छ । फार्सका अनुसार यो इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरको एयरोस्पेस फोर्सले डिजाइन र विकास गरेको हो ।

टर्बोजेट इन्जिनद्वारा सञ्चालित शाहेद–१३६बी ड्रोनले २ हजार ५ सय किलोमिटर टाढाको लक्ष्यलाई नष्ट गर्नसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *