बङ्गलादेशविरूद्धको पहिलो टेस्टमा भारतको शानदार जित

काठमाडौं । बङ्गलादेशविरूद्धको पहिलो टेस्टमा भारतले सहज जित निकालेको छ ।

आइतबार चौथो दिन जित निकाल्ने क्रममा भारतले बङ्गलादेशलाई २८० रनको फराकिलो अन्तले पराजित ग¥यो ।

भारतले दिएको ५१५ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश दोस्रो इनिङ्ग्समा २३४ रनमै अलआउट भयो । उसका कप्तान नाजमुल हुसेन सान्तोले ८२ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य रन बटुल्न सकेनन् ।

दोस्रो इनिङ्ग्समा बलिङमा भारतका रविचन्द्रन आस्विनले ६ विकेट लिए । यस्तै रविन्द्र जडेजाले ३ विकेट हात पार्न सफल भए ।

त्यसअघि दोस्रो इनिङ्ग्समा भारतले ४ विकेटको क्षतिमा २८७ रन बनाएर इनिङ्ग्स समाप्तिको घोषणा गरेको थियो । जसका कारण बङ्गलादेशले ५१५ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङ्ग्समा भारतका लागि रिशव पन्तले १०९ रन र शुभमन् गिलले ११९ रन नर जोडे ।

बङ्गलादेश पहिलो इनिङ्ग्समा १४९ रनमै अलआउट भएको थियो । दोस्रो दिनको खेल नसकिदै बङ्गलादेश अलआउट भएपछि भारतले पहिलो इनिङ्ग्समा २२७ रनको अग्रता लिएको थियो ।

बङ्गलादेशका लागि पहिलो इनिङ्ग्समा सकिब अल हसनले सर्वाधिक ३२ रन जोड्दा बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए । मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

भारत पहिलो इनिङ्ग्समा ३७६ रनमा अलआउट भएको थियो । चेन्नईमा बिहीबार सुरु भएको खेलमा भारतका रविचन्द्रन आस्विनले शतक गर्दै ११३ रन र रवीन्द्र जडेजा ८६ रनमा बनाए ।

त्यसअघि भारतले खराब ब्याटिङ गरेको थियो । भारतविरूद्ध बङ्गलादेशका तीव्र गतिका बलर हसन मोहमुद एक्लैले सुरुवाती चार विकेट लिएका थिए । उनले भारतीय कप्तान रोहित शर्मालाई ६ रन, शुभमन गिललाई शून्य र विराट कोलहीलाई पनि ६ रनमा आउट गरे ।

रोहितलाई हुसेन सान्तोबाट क्याच गराउँदा गिल र कोहली विकेटकिपर लिट्टन दासबाट क्याच भए। यी तीनै विकेट उनले सुरूवाती दश ओभरभित्रै लिएका थिए ।

यस्तै उनले चौथो विकेटको रूपमा रिशव पन्तलाई ३९ रनमा आउट गरे । पन्तको क्याच पनि विकेटकिपर दासले लिएका थिए । यस्तै भारतका ओपनर यसश्वी जैशवाल ५६ रन र केएल राहुल १६ रन बनाएर आउट भएका थिए ।

पहिलो इनिङ्ग्समा हसनले ४ विकेट लिँदा टेस्किन अहमदले ३ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *