सुदूर पहाडमा छुट्टै प्रदेश चाहिन्छ : सांसद रावल

काठमाडौं । नेकपा माओवादी सांसद अक्कल बहादुर रावलले सुदूरपश्चिमको पहाडी जिल्लाका लागि छुटै प्रदेशको माग गरेका छन् ।

सांसद रावलले सुदूर पहाडका जिल्ला मिलाएर छुटै प्रदेश बनाउनु पर्ने माग गरे ।

उनले पहाडी जिल्लामा विकास नभएको बताउँदै छुटै प्रदेश बनाएर विकास गर्न सकिने बताए ।

सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले पहाडका कुना काप्चामा विकास गर्न चाहेको बताए ।

‘कैलाली कञ्चनपुरको छुटै राज्य बनाउनुहोस्,जुन थारुहरूको पनि माग छ । अब पहाडको पनि छुटै राज्य चाहिन्छ’ उनले भने ‘पहाडका कुना काप्चामा विकास गर्न कति पैसा लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *