दुर्गा प्रसाईं पक्राउ (भिडिओ)

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो जिल्ला अदालत काठमाडौं गएको थियो ।

गत बुधवार प्रसाईँसहित युटुबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रसाईँले विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने गरेको प्रहरीले जनाएको छ । साइबर ब्युरोले प्रसाईंलाई यसअघि पनि आपत्तिजनक अभिव्यक्ति नदिन सचेत गराएको थियो । तर पनि प्रसाईँले विभिन्न युटुवहरुमा अन्तर्वार्ता दिँदै चरित्र हत्या गर्ने काम नरोकेपछि उनको घरमै गएर पक्राउ गरेको हो ।

आइतबार दिउँसो भक्तपुरस्थित उनको घरमा पुग्दा प्रसाईँले गेट खोलेका थिएनन् । त्यसपछि प्रहरीले भर्‍याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *