नेटा , के.वाइ.सी. र किङ्गलङ्ग ई.भी का ग्राहकहरूको लागि सर्भिस क्याम्प

काठमाडौँ । नेपाली बजारमा नेटा , सी.जी. के.वाइ.सी. र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरूको आधिकारिक वितरक सी.जी. मोटर्सले प्यासेन्जर s भेहीकल सेगमेन्टमा ग्राहकहरूको आवश्यकता र सहजता लाई लक्षित गर्दै सी.जी. मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्सले, भक्तपुरले यही आश्विन ०६ गते बाट आश्विन ११ गते सम्म सर्भिस क्याम्पको आयोजना गरेको छ ।

इच्छुक ग्राहकहरूले बिहान ०७ बजे देखी बेलुका ०८ बजेसम्म चारदोबाटो, भक्तपुर स्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

उक्त निःशुल्क सर्भिस क्याम्पमा ग्राहकहरूले स्पेर पार्टस् मा १२ प्रतिशत छुट, गरिएर आयल मा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै सिजी मोटर्सले नेपालभर सेवा विस्तार गरेको छ । सिजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, वीरगन्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवन सहित १७ सेवा केन्द्रहरू स्थापना गरेर, सवारीसाधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ ।

सिजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको जनाएको छ । यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *