पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, लामिछाने आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ । पार्टीले काठमाडौं उपत्यकाका कार्यकर्तालाई आइतबार साँझ केन्द्रीय कार्यालयमा भेला हुन भनेको छ ।

मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन रास्वपाले कार्यकर्तालाई आग्रह गरेको छ । सभापति रवि लामिछाने सहितका नेताहरु पार्टी कार्यालय बनस्थलीमा रहेको बताइएको छ ।

तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक समेत रहेका पार्टी सभापति लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *