दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ । आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो जिल्ला अदालत काठमाडौं गएको थियो । अदालतले पक्राउ अनुमति दिएपछि प्रसाईंलाई पक्राउ गरिएको हो ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *