क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल,यस्तो छ प्लेइङ ११

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालले क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ ।

नेपालले पछिल्लो खेल ओमानबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । प्लेइङ ११ मा अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद(विकेटकिपर), रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

दीपेन्द्रसिंह ऐरी,कुशल मल्ल,कुशल भुर्तेल र रिजन ढकाल बेन्चमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *