झुटो मुद्धा लगाएर मलाई पक्राउ गरियो : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झुटो मुद्धा लगाएर आफुलाई पक्राउ गरिएको बताएका छन् । आइतबार घरबाटै पक्राउ परेका प्रसाईंले साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत आफुमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत झुटो मुद्धा लगाइएको बताएका हुन् ।

राष्ट्र राष्ट्रियता, धर्म  संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंले फेसबुकमा लेखेका छन्,‘यो देशका नागरिकलाई राज्यले गरेको अपमान, देशमा व्याप्त भ्रष्टाचार, गरिबी, महंगीका बिरुद्ध, सहकारी र लघुबित्त पिडित नागरिकको पक्षमा आवाज उठाउँदा सामन्त केपी सरकारले झुटो मुद्धा लगाई मलाई पक्राउ गरेर साईवर व्युरो, वीर अस्पताल हुँदै अहिले सम्मानित जिल्ला अदालतमा ल्याएको छ । म अदालतमा रहँदै मैले थाहा पाएको छु, हाम्रो अभियानका ३ सय भन्दा धेरै अभियन्ता साथीहरुको घरमा प्रहरी गई धरपकड गर्ने, खानतलासी गर्ने, धम्काउने जस्ता गतिविधी गरिरहेको छ । भ्रष्ट केपी सरकार मलाई हिरासतमा राख, कुटपिट गर, मानसिक यातना दे केहि छैन जनताको मुक्तिका लागी लडेको हुँ मर्न संग डराउँदिन तर मेरा प्यारा अभियन्ता साथीहरुलाई सामान्य मात्रै क्षती पुग्यो भने त्यसको मुल्य महँगो पर्ने छ । हाम्रा अभियन्ता साथीहरु माथी भएको हिँसाको विरुद्ध भोली असोज ७ गते सोमवार देखी देशभर चरणवद्ध आन्दोलन गर्नेगरी साथीहरुले तयारी थाल्नुभएको छ । आन्दोलनको स्वरुप र कार्यक्रम छिटै सार्वजनिक गरिने छ । कोहि पनी हतात्साहि नहुनु, नागरिक बचाउने यो अभियान म रहेनछु भनेपनी रहने छ ।’

जिल्ला अदालत काठमाडौंले प्रसाईंमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *