पक्राउको हल्लापछि लामिछानेले भने – सरकारले जे पनि गर्न सक्छ,अलर्टमा रहनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफुलाई षड्यन्त्र गरेर जेल हाल्ने तयारी गरिरहेको बताएका छन् । आइतबार साँझ पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

आफु पक्राउ पर्ने हल्लापछि उनले भने,‘षड्यन्त्रकारीको पत्तासाफ गरौँ,यसका लागि हामी सबै लाग्नुपर्छ । एक पटक सबै साथीहरु एक ठाउँमा उभिऔँ ’ । सरकारले रास्वपालाई कुनै पनि हालतमा सिध्याउन नसक्ने उनले बताए ।

उनले दुई तिहाको सरकारको भरोषा नरहेकाले आफुलाई जे पनि गर्न सक्ने बताउँदै देशरभका कार्यकर्तालाई अलर्ट रहन आग्रह गरे । सरकारले आफुलाई घेराबन्दी पार्ने काम गरिरहेको उनले बताए ।

आज नै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी समेत रहेका छविलाल जोशी काठमाडौंबाट पक्राउ परेका थिए । सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेललाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *