सरकारको ध्यान मलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारको ध्यान आफुलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनमा रहेको बताएका छन् । आइतबार साँझ पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा सञ्चारकर्मीेहरुसंग बोल्दै उनले सो कुरा बताएका हुन् ।

रास्वपा व्यक्तिमा मात्रै सिमित नरहेर अभियानका साथ अघि बढेको उनले बताए । उनले षड्यन्त्रकारी विरुद्ध एकजुट भएर लड्नुपर्ने समेत बताए । सरकारले रास्वपालाई सिध्याउन नसक्ने उनको भनाई थियो ।

आइतबार नै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा गोर्खाृ मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उनी पक्राउ परेपछि रास्वपाले उपत्यकाका कार्यकर्तालाई पार्टी कार्यालयमा आउन आग्रह गरेको थियो ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेललाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । लगत्तै जोशी पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *