प्रधानमन्त्री ओली र मोदीबिच न्युयोर्कमा भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका ओलीले मोदीसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको हो ।

ओली र मोदीको भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारी सहभागी थिए ।

यसअघि प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *