प्रधानमन्त्री ओलीसँगको भेटपछि मोदीले भने- हामी नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहन्छौं

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको बैठकमा सहभागी हुनका लागि न्ययोर्कमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको लोट्टे प्यालेस होटलमा भेटवार्ता भएको छ ।

स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल-भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भयो । भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाएर अघि लैजान चाहन्छौं । हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका ओली न्युयोर्कमा रहेको अवसरमा मोदीसँग निकै प्रयासपछि होटलमा साइडलाइन वार्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *