ससुराको हत्या गरेर फरार रहेका ज्वाइँ पक्राउ

काठमाडौं । मोरङमा ससुराको हत्या गरेर फरार रहेका एक युवक पक्राउ परेका छन् ।

मोरङको पथरीशनिश्चरेमा शनिवार ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २७ वर्षीय रविन राई रहेका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थितमा आफ्नै घरभित्र शनिवार बिहान ६० वर्षीय चन्द्रबहादुर तामाङको बीभत्स अवस्थामा शव फेला थियो ।

हत्या गरिएको अवस्थामा बिहान ७ः२० बजेतिर शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *