पक्राउ परे लगत्तै दुर्गा प्रसाईं बिरामी, वीर अस्पताल भर्ना

काठमाडौँ । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं बिरामी परेका छन् ।

पक्राउ परे लगत्तै बिरामी परेपछि प्रसाईँलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रसाईंलाई उच्च रक्तचापको समस्याका साथै स्वास्थ्य अवस्था ठिक नभएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईं विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका थिए । उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *