काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाँई हाजिर

काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरोज गुरागाँई हाजिर भएका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा भएपछि उनको ठाउँमा सोमबार गुरागाँई हाजिर भएका हुन् ।

गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गुरागाईँलाई काठमाडौँ महानगरमा पठाएको थियो । यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत थिए ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले नेतृत्वको प्रतिष्ठा तथा ओजले वृद्धि भएको काठमाडौंको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नुपर्नेमा जोड दिए ।

निवर्तमान प्रमुख प्रशासकीय अधिकृत परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *