पत्रकार महासंघको निर्वाचन हुन नसकेको विषयमा लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश गरेको छ।

सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गर्ने आदेश गरेको छ । यस्तै सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै सबै विपक्षीसँग लिखित जवाफ माग गरेको छ। ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग गर्दै दायर रिटमा वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग समेत गरिएको छ।

पत्रकार महासंघको निर्वाचन तेस्रो पटक स्थगित भएको छ । यस्तै निर्वाचन गराउन नसकेपछि महासंघका अध्यक्ष विपुल पोख्रेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा समेत दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *