सहकारी ठगी प्रकरण

गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

कास्की । सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।

सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पूर्व डीआईजी समेत रहेका जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

गत असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *