प्रेस विज्ञप्ति

सिटिजन्स बैंकद्धारा आ.व २०८०/८१ को लागी ४.२१ % लाभांश प्रस्ताव

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज सोमबार बसेको ४६३औँ सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी लाभांश स्वीकृत गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्तापुँजी रु। १४,२००,९७४,००६ को ४ प्रतिशतले हुने रु ५६,८०,३८,९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने रु २,९८,९६,७८७/३८ सहित जम्मा रु ५९,७९,३५,७४७/६१ दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीवहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखी नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएको बैंकले जनाएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेका र प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *