प्रेस विज्ञप्ति

इक्यानले १ दिने शैक्षिक मेला आयोजना गर्ने

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष १५ औँ संस्करण भव्यताका साथ आयोजना गर्ने भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ ले काठमाडौँको एभरेष्ट होटलमा आगामी असोज १३ गते १ दिने पन्ध्रौँ इक्यान बृहत शैक्षिक मेला २०८१ गर्न लागेको हो ।

उक्त मेला बिहान १० बजे देखि बेलुका ५ बजे सम्म आयोजना हुने इक्यानले जानकारी दिएको छ ।

यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको इक्यानको भनाइ रहेको छ ।

यस १५ औ इक्यान शैक्षिक मेलामा करिब १५ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गर्नु हुने अपेक्षा गरिएको छ । यस मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदूतावास तथा कूटनीतिक नियोगहरूलाई समेत आग्रह गरिएको छ । यस मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बङ्गलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अस्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता हुने इक्यानले जनाएको छ ।

नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवम् अवसरहरू जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू, विश्वविद्यालयहरू र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरूको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

इक्यानका अनुसार वन अप प्रा.लि.को व्यवस्थापनमा यो मेला सम्पन्न हुदैछ । यस मेलाको Title Sponsor  को रूपमा Real Dreams Educational Consultancy Pvt. Ltd  रहेको छ भने In Association  को रूपमा Ved International Education Pvt. Ltd रहेको छ । त्यस्तै प्रायोजकको रूपमा KIEC Pvt. Ltd., Orbit International Education Pvt. Ltd, Grace International Pvt. Ltd., Nobel Education Foundation Pvt. Ltd. र Wide Range Internatinal Pvt. Ltd  रहेका छन् । IELTS Partner  को रूपमा British Council रहेको छ । यो शैक्षिक मेला कोभिड–१९ महामारी पछि इक्यानले आयोजना गरेको पहिलो शैक्षिक मेला हो, जसले विशेष महत्त्व राख्छ । यो शैक्षिक मेला आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति समेत लिई सकिएको छ ।

विद्यार्थीहरूको उच्च शिक्षाको सपना साकार पार्न यो शैक्षिक मेला एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा प्रस्तुत हुने इक्यानले बताएको छ । यस मेलाले विशेष गरी विदेशमा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई विश्वका विभिन्न शिक्षण संस्थाहरू, तिनका शैक्षिक प्रणालीहरू, पाठ्यक्रमहरू, भर्ना प्रक्रिया, र अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त डिग्रीहरूबारे विस्तृत जानकारी प्रदान गर्नेछ । यसै गरी विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श प्राप्त गर्न सक्ने जानकारी दिएको छ ।

इक्यानले मेलामा सहभागी हुने विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउने बताएको छ । जसले गर्दा उनीहरूलाई आफ्नो शिक्षा र करियरको योजना बनाउन थप सहज र स्पष्ट हुने अपेक्षा गरिएको छ । मेला विशिष्ट रूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पारिएको शिक्षण सामग्री र परामर्शहरू प्रदान गरेर नेपाली विद्यार्थीहरूको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्ने इक्यानले जनाएको छ ।

शैक्षिक परामर्शदाताहरूको सहभागिता हुने यस बृहत शैक्षिक मेलाका अधिकांश स्टलहरू बुक भइसकेको अवस्था रहेको जनाएको छ । सबै सरोकारवालाहरूलाई आफ्नो सहभागितालाई चाँडै सुनिश्चित गर्नुहुन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *