प्रेस विज्ञप्ति

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर ल्याएको छ ।

‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा रु. ४००० सम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ ।

यस चाडपर्व विशेष अफर भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने छ । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन् ‘शाओमीका स्मार्टफोनहरूले हाम्रा ग्राहकहरूको यसपालिको चाडपर्वलाई विशेष बनाओस्भन्ने हाम्रो चाहना हो । ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ । हामी विश्वास गर्छौँ कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र तेस्को लागि यस्तो अफरहरू प्रभावकारी हुन्छन् भन्ने हाम्रो विश्वास रहेको छ । ’

अफरहरू :
रेड्मी नोट १३ :
६/१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९
८/२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९

रेड्मी नोट १३ प्रो :
८/२५६ जीबी : पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९

१२/५१२ जीबी : पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९

रेड्मी नोट १३ प्रो प्लस ५ जी :

८/२५६ जीबी : पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९
१२/५१२ जीबी : पुरानो मूल्य रु.५२,९९९ , अफर मूल्य रु. ४९,९९९

६ं१२८ जिबी र ८ं२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २००  मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८ं२५६ जिबी स्टोरेज र १२ जिबिं ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड्डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबिं ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *