प्रेस विज्ञप्ति

एनआईसी क्यापिटलले ५० करोड ७५ लाख भन्दा बढी रकम इकाइधनीलाई वितरण

काठमाडौँ । एनआईसी एसिया क्यापिटल लिमिटेडले एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा रु ५०, ७५, ०५, ८५९.६१ नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त प्रतिफल रकम एनआईसी एसिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई मिति २०८१/०५/०९ गतेदेखि तथा बन्दमुखी योजानहरुको हकमा मिति २०८१/०६/०४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा/रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा प्रतिफल वितरण गरिएका योजनाहरूको विवरण :

 

क्रं.सं.योजनाको नामयोजनाको किसिमघोषणा गरेको प्रतिफल दर (कर सहित)जम्मा प्रतिफल रकम (रु)
एन आई सी एशिया सेलेक्ट–३०
(इन्डेक्स फण्ड)
बन्दमुखी१४.००%१७५,०००,०००.००
एन आई सी एशिया फ्लेक्सी क्याप फण्डबन्दमुखी१०.५०%१७५,०००,०००.००
एन आई सी एशिया डाइनामिक डेप्ट फण्डखुलामुखी१०.००%७६,२२४,३५९.६१
एन आई सी एशिया ग्रोथ फण्डबन्दमुखी९.५०%७९,३४४,०००.००
एन आई सी एशिया व्यालेन्सड् फण्डबन्दमुखी६९,८३७,५००.००
जम्मा वितरण गरिएको प्रतिफल रकम (रु.)५०७,५०५,८५९.६१

 

साथै विभिन्न आर्थिक वर्षहरूमा एनआईसी एसिया ग्रोथ फण्ड, एनआईसी एसिया व्यालेन्सड् फण्ड र एनआईसी एसिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणवश प्रतिफल जम्मा नभएका/फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एन आई सी एसिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नियमित रूपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना ‘एन आई सी एसिया डाईनामिक डेप्ट फण्ड’ अन्तर्गत Systematic Investment Plan (SIP) tyf Systematic Withdrawal Plan (SWP)  योजनाहरू समेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाइन मार्फत सहज रूपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

साथै क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात रु.१० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरूको इकाईधनीहरुलाई रु.५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा रु।६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रूपमा वितरण गर्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *