दुई महिनामै २ खर्ब ३७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा २ खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । चालु आर्थिक वर्षको भदौ महिनासम्म देशको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको भदौ महिनासम्म देशको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० लाख रुपैयाँ रहेको थियो । जुन यस वर्ष १.७८ प्रतिशतले बढेको छ । भदौसम्म २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, दुई महिनामा २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । जुन यस वर्ष ५.१२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *